यस मत्स्य विकास केन्द्र गण्डकी प्रदेश स्याङ्जा जिल्लाको कालिगण्डकी गाउपलिकको वडा नं. ७ मिर्मीमा अवस्थित छ यो कार्यालय (मत्स्य विकास केन्द्र), पर्वत तथा गुल्मी जिल्लाको सिमनासंग जोडिएको, स्याङ्जा बजारबाट ६२ कि. मी पश्चिम दक्षिणतर्फ कालिगण्डकी “ जलबिधुत विभाग परिसर मिर्मीमा अवस्थित छ स्थानिय माछाहरुको विकास, संरक्षण सम्बर्धन एवं व्यवस्थापनमा प्रभावकारिता ल्याउने उदेश्यले कृषि तथा सहकारी मन्त्रालय, कृषि निर्देशनालय अन्तर्गत मिति २०६१/१०/३ मा स्थापना भएको हो हाल यो भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, गण्डकी प्रदेश अन्तर्गत मिति २०७५/५/३ गतेबाट गण्डकी प्रदेशको  ११ जिल्ला कार्यक्षेत्र रहने गरी संचालित छ । सथै ११ जिल्लाका मत्स्यपालक कृषकहरुलाई प्राविधिक सेवा तथा कार्यक्रम कार्यन्वयनमा सहजता हुने अपेक्षाका साथ मिति २०७९/०५/०७ गते मा. मन्त्रीस्तरीय निर्णय बमोजिम यस केन्द्रको सम्पर्क कार्यालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमा हुने गरी स्थापना गरिएको छ।