- स्थानिय जातका मह्चाहरुको उचित संरक्षण, व्यवस्थापन, उत्पादकत्व अभिबृद्धि गर्ने ।
- माछापालनको लागि सम्भावित स्थानहरुको स्थलगत अध्ययन गर्ने र माछा पकेटक्षेत्रको निर्धारण तथा कार्यन्वयन गर्ने ।
- नदीको वरपर बसोबास गर्ने समुदायहरुलाई जलचर संरक्षण एन नियमबारे जनचेतना जगाउने ।
- भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केंदरहरुसंग समन्वय गरी माछा सम्बन्धि कार्यक्रमहरु तर्जुमा तथा संचालन गर्ने ।
- प्राकृतिक जलस्रोतहरुमा विकास योजना सम्बन्धि परियोजनाहरु जस्तै: जलविधुत सिंचाई आदिबाट हुने वातावरणीय प्रभाव न्युनिकरण गर्न अपनाईएका उपायहरुको अनुगमन एवम् व्यवस्थित गर्ने ।
- स्थानिय तहहरुलाइ मत्स्य व्यवसाय प्रवर्दनमा प्राविधिक सहयोग गर्ने ।
- कार्यक्षेत्रको मत्स्य सम्बन्धी तथ्यांक तयार, रिपोर्टिंग तथा अधावाधिक गर्ने ।
- मत्स्य पालनसंग सम्बन्धित समस्याहरुलाई सम्बोधन गर्न अध्ययन र परिक्षण गरी समाधान उपायहरु मत्स्यपालन कृषक समक्ष पुर्याउने ।
- गुणस्तरीय उत्पादन सामग्री व्यवस्थापन र नियमन सम्बन्धी कार्यमा सहयोगी भूमिका खेल्ने ।
- मत्स्य पालन सम्बन्धि नविनतम प्रविधिहरु कृषकहरुमा पुर्याउन भूमिका निर्वाह गर्ने ।
- मत्स्य स्रोत केन्द्रको रुपमा काम गर्दै माछाका भुरा उत्पादन तथा वितरण गर्ने ।
Copyright © 2025. All rights reserved.